बालाजु बाइसधारामा कविता वाचन गरेर मनाइयो भानु जयन्ती

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २९

काठमाडौँ : आदिकवि भानुभक्त आचार्यको २११ औ जन्म जयन्तीको अवसरमा तारकेश्वर कला प्रतिष्ठानको आयोजनामा बालाजु बाइसधारा पार्कभित्र भानुभक्तको सालिकमा माल्यार्पण तथा कविता वाचन कार्यक्रम गरी भव्यताको साथ मनाइएको छ ।

सो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष उत्तम केसी र साहित्यकार लेखक कवि श्रीहरि फुयाल, साहित्यकारहरू भोजराज न्यौपाने , वासुदेव ठकुरी, भिस्मराज ढुङ्गेल, बालचन्द्र सुवेदी, शम्भु गजुरेल, कृष्ण प्रसाद पौडेल रसुवाली, दिल कुमारी डगोल, प्रतिष्ठि भण्डारी, अभिमा घिमिरेहरू लगायतले कविता वाचन गरेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश साहित्यकारले भानुभक्तको जीवन गाथा र महिमा सुनाएका थिए । प्रतिष्ठानका अध्यक्ष उत्तम केसीले भानुभक्तको रामायणको श्लोक पाठ गरेका थिए ।

कार्यक्रममा फिल्म निर्देशक अमर वली, कलाकार विकास दास, अन्जनी केसी, दीप्त प्रकाश अधिकारी, केशव सिटौला, हरिहर सिलवाल, समाजसेवी इन्द्रनारायण मानन्धर, बाइसधारा पार्क कार्यालय प्रमुख निरञ्जन बस्नेत, सामाजिक अभियन्ताहरू जेबी रसाइली, राम पान्डेका साथै स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *