मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार २९

धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ स्थीत गेटामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सुर्खेत घर भई धनगढीको उत्तरबेहडीमा कोठामा बस्दै आएका ३५ वर्षीय भिम बहादुर पुनको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ।

गएराती साढे दश बजेको समयमा सुपप्र ०१ ००८ प ३३३७ नम्बरको मोटरसाइकल छाडा चौपायासँग ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका पुनको उपचारका क्रममा माया मेट्रो अस्पतालमा राती १२ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *