|
२०८१ असार २४
काठमाडौँ : बाढी, पहिरो, चट्याङ लगायतका प्राकृतिक विपद्का कारण एक महिनाको अवधिमा ७० जनाको मृत्यु भएको छ। नेपाल प्रहरीले दिएको जानकारी अनुसार अबिरल वर्षापछि आएको बाढी, पहिरो र चट्याङका कारण ७० जनाको मृत्यु भएको हो। घटनामा ८६ जना घाइते भएका छन् भने पाँच जना बेपत्ता छन्।
२०८१ जेठ २८ देखि असार २४ गतेसम्म भएका ९६६ प्राकृतिक विपद्का घटनामा सो क्षति भएको प्रहरीले जानकारी दिएको छ। विपद्बाट ९ करोड ५६ लाख भन्दा बढीको क्षति भएको छ। विपद्का कारण ८६ घरमा क्षति पुगेको छ भने ३३५ पशु चौपाया मरेका छन्। यस अवधिमा राहत तथा उद्धारमा चार हजार सात सय ९० प्रहरी परिचालन भएको नेपाल प्रहरीले जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्