गण्डकीको ऊर्जा मन्त्रीमा देवकोटा नियुक्त

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १६

काठमाडौं : गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा फणिन्द्र देवकोटा नियुक्त भएका छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार प्रदेश सभा सदस्य देवकोटालाई मन्त्री नियुक्त गरेका हुन्।

नवनियुक्त मन्त्री देवकोटाले शपथसमेत लिइसकेका छन्। देवकोटा यसअघि पनि ऊर्जा मन्त्री नियुक्त भएका थिए। तर नेकपा (माओवादी केन्द्र) ले कारबाही गरेसँगै प्रदेश सभा सदस्य र मन्त्री पदबाट उनी पदमुक्त भएका थिए।

गण्डकी मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएपछि उनलाई माओवादीले कारबाही गरेको थियो। यसविरूद्ध देवकोटा सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले नेपाल समाजवादी पार्टीका सांसद देवकोटालाई माओवादीले कारबाही गर्न नमिल्ने बताएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *