सरकार विरोधी प्रदर्शनमा ५ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार १२

केन्या : केन्यामा भएको प्रदर्शनको क्रममा ५ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार केन्याको संसदमा प्रवेश गर्न खोजिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा कम्तिमा ५ जनाको मृत्यु भएको र कैयौं घाइते भएका छन्। प्रदर्शनकारीले संसदको एक भागमा आगजनी समेत गरेका छन्। केन्या सरकारले नया आर्थिक विधेयक पास गर्दै विभिन्न विषयमा कर वृद्धि गरेको विरोधमा त्यहाँका नागरिक आन्दोलित भएका हुन्।

आन्दोलन थप बढ्न सक्ने र उग्र बन्न सक्ने भन्दै केन्या सरकारले सेना परिचालन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *