चपुर–पथलैया प्रसारण लाइनमा रुख ढल्दा क्षति, विद्युत् आपूर्ति प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ६

काठमाडौँ : पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत रौतहटको चपुर सबस्टेसनबाट बाराको पथलैया सबस्टेसनको १३२ केभी प्रसारण लाइनमा रुख ढलेर क्षति पुगेको छ । बिहीबार हावाहुरीले उक्त खण्डमा रुख ढल्दा प्रसारण लाइनमा क्षति पुगेको हो ।

राष्ट्रिय प्रसारण प्रणालीको उक्त खण्डको लाइन क्षति पुग्दा देशभरको विद्युत् आपूर्ति प्रभावित भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन घोषले बताए । उनले वैकल्पिक व्यवस्था गरी क्रमकि रुपमा विद्युत् आपूर्ति सुचारु गर्ने कार्य भइरहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *