माध्यमिक तहको शैक्षिक गुणस्तर वृद्धिबारे अन्तरक्रिया सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०८० मंसिर १८

सोलुखुम्बु।माध्यमिक तहको शैक्षिक गुणस्तर अभिबृद्दी गर्ने उद्देश्यले शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेको छ।

सोलुदुधकुण्ड नगरपालिका – ५ सल्लेरीस्थित जनजागृती माविको अगुवा स्रोत केन्द्र हलमा सोमबार आयोजित सो अन्तरक्रिया तथा छलफलमा जिल्लाका ५२ वटा माध्यममिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागीता रहेको थियो।

शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका प्रमुख पुण्य प्रसाद डंगोलको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले प्रमुख अतिथि तथा सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले बिशिस्ट अतिथिका रूपमा सम्बोधन गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *