थुलुङ दुधकोशीको पञ्चनमा टोलस्तरीय पुरुष भलिबल सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८० कार्तिक २४

सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-३ पन्चनमा टोल स्तरीय पुरुष भलिबल खेल सुरु भएको छ । रोलिमा टोल विकास संस्थाद्वारा आयोजित उक्त खेलको गाउँपालिका प्रमुख असिम राईले उद्घाटन गर्नुभएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
तिहार र छठ पर्वको शुभकामना आदनप्रदान सहित आयोजित उक्त खेलकुद कार्यक्रम उद्घाटन गर्दै पालिका अध्यक्ष असिम राईले पन्चनमा निर्माणाधीन खेलमैदान तत्काल सम्पन्न गर्ने गरि आवश्यक बजेट व्यवस्था गर्ने प्रतिवद्वता व्यक्त व्यक्त गर्दै सोही अनुसार गुणस्तरीय कार्य गर्न निर्देशन दिनुभयो । पन्चनमा फुटबल खेलमैदान नभएपनि अन्यत्रका खेलाडीसङ्ग प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन भइरहेको भन्दै अध्यक्ष राईले टोल टोलका खेलाडीलाई अन्तराष्ट्रीयकरण गर्न सक्ने गरि कार्य गरिने बताउनुभयो ।
यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै पालिका उपाध्यक्ष सविता राईले टोल विकास संस्था आफै आधिकारिक संस्था भएकाले खेलकुद सङ्गै अन्य बिकास निर्माणका कार्यमा महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो । जिल्लामा नै पहिलोपटक टोल विकास संस्था गठन गरि योजना कार्यन्वयन गर्ने पहिलो स्थानीय सरकार थुलुङ दुधकोशी रहेको स्मरण गराउदै उहाँले टोल टोलमा लुकेर रहेको प्रतिभालाइ बाहिर ल्याउने देखी गुणस्तरीय कार्य गर्ने समेतको जिम्मेवारी टोल विकास संस्था सङ्ग रहेको बताउनुभयो । माओवादी पार्टीका प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक समेत रहनुभएका पालिका प्रमुख राईले बिकासमा राजनीति नगर्न आग्रह गर्नुभयो । सबैको साझा पहल र प्रयत्नबाट मात्रै दिगो बिकास हुने उहाँको भनाइ छ ।
रोलिम टोल विकास संस्थाका अध्यक्ष लाखधन राईको अध्यक्षता तथा पालिका प्रमुख असिम राई को प्रमुख आथित्यतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता राई, पालिका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्की, वडा नम्बर ३ का वडा अध्यक्ष इन्द्रमणी दाहाल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *