१६ वर्षीया नाबालिकामाथि शिक्षकले करणी गरेको आरोप

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र २२

दाङमा छात्रावासमा बसेकी १६ वर्षीया नाबालिकामाथि शिक्षकले करणी गरेको आरोप लागेको छ ।

दाङको शान्तिनगर गाउँपालिका- ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसईईको तयारी गरिरहेकी १६ वर्षीया छात्रामाथि करणी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

इप्रका तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार सोमबार राति ८ बजेतिर शिक्षक खुमानन्द पौडेलले आफूमाथि करणी गरेको भन्दै छात्राले जाहेरीमा दिएकी छन् ।

पीडित किशोरीले दिएको जाहेरीमा छात्रावासमा  बसेर एसइइ परीक्षाको तयारी गरिरहेका बेला सोमवार राति बोलाएर  जबरजस्ती करणी गरेको उल्लेख छ। पीडित बालिकाले बाबुको सहयोगमा मंगलबार प्रहरीमा जाहेरी दिएकी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *