जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बिहिबार बस्ने

DaksuMedia दाक्सु मिडिया
|
२०७९ चैत्र १

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि बिहिबार बस्ने भएको छ। 

बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने छ।   

समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो। जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभा तर्फको एक स्थान रिक्त छ। 

६२ वर्षीया रहमानको हृदयाघातबाट निधन भएको थियो।

हृदयाघात भए लगत्तै मध्यपुर ठिमी अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

झापा घर भएकी रहमान गत मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जसपाबाट समानुपातिक सांसद बनेकी थिइन्।

मुस्लिम क्लस्टरको दोस्रो स्थानमा रहेकी मञ्जु अन्सारीलाई जसपालाई सांसद बनाउने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *