यू–१९ विश्वकप एसिया छनोटः यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल, दिपक बोहोरा शुन्यमा आउट

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन १८

आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै छ। नेपालको पहिलो विकेट पतन भइसकेको छ।

क्रिजमा आएका दिपक बोहोरा शुन्यमा आउट भए। उनी पहिलो बलमै आउट भएका हुन्।  याे समाचार तया‍र पार्दासम्म नेपालले १ विकेट गुमाएर ट रन जाेडेकाे छ। अहिले क्रिजमा अर्जुन कुमाल र आकाश त्रिपाठी छन्।

६ राष्ट्र सहभागी छनोट प्रतियोगितामा यस खेल जित्ने टोली अर्को वर्ष श्रीलंकामा आयोजना हुने यू-१९ विश्वकपमा छनोट हुनेछ। आजको खेल दुबै टोलीको लागि महत्वपूर्ण छ। त्यसैले दुवै टोली जितसहित विश्वकपमा पुग्ने लक्ष्यमा हुनेछन्। नेपालले यसअघिको यू-१९ विश्वकपमा युएईकै कारण खेल्न पाएको थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *