इरानलाई इंग्ल्याण्डकाे आधा दर्जन गोल उपहार

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ५

सोमबार, मंसिर ५, २०७९  २१:०६

इंग्ल्याण्डले विश्व कपअन्तर्गत समूह ‘बी’ को पहिलो खेलमा इरानलाई आधा दर्जन गोलको उपहार दिएको छ। सोमबार दोहामा भएको खेलमा ज्याक ग्रिलिसले खेल सकिने अन्तिम मिनेटमा गोल गरेपछि इंग्ल्याण्ड ६–२ ले विजयी भएको हो। 

इरानविरूद्धको खेलमा इंग्ल्याण्ड सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत भयो। इरानले आफ्नो नियमित गोलकिपरलाई १७ मिनेटमा चोटका कारण गुमाउनु पनि दुर्भाग्य बन्यो। इंग्ल्याण्डका लागि पहिलो गोल जुड भिक्टर विलियम बेलिङ्घमले ३५ मिनेटमा गरेका थिए। बुकायो साकाले दुई गोल गरे। उनले पहिलो हाफको ४३ मिनेट र दोस्रो हाफको ६२ मिनेटमा गरे। रहिम स्टार्लिङले पहिलो हाफको निर्धारित ४५ मिनेटपछि थप भएको एक मिनेटमा गोल गरे। 

मार्कुस रास्फोर्डले ७१ मिनेटमा गोल गरे। इंग्ल्याण्डले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा ३ गोल गरेको थियो। इरानले दुई गोल फर्कायो।

दुवै गोल मेहदी तरेमीले गरे। उनले पहिलो गोल ६५ मिनेटमा गरेका थिए। अर्को गोल पेनाल्टीमार्फत गरे। उनले निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयमा पाएको पेनाल्टीको अवसरलाई गोलमा परिणत गरेका थिए। रेफ्रीले भारको सहयोगले पेनाल्टीको अवसर प्रदान गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *