दोहा : फ्रेन्च फरवार्ड कबिम बेन्जिमाले तिघ्राको समस्याका कारण आजदेखि कतारमा सुरु हुने विश्वकप गुमाउने भएका छन्। शनिबार जसिम बिन हमाद रंगशालामा भएको ट्रेनिङबाट बेन्जिमा बाहिरिएका छन्।
यसअघि उनले फ्रान्स र अस्ट्रेलियाबीचको खेल गुमाउने तय थियो। तर, अब विश्वकप नै गुमाउने तय भएको छ। यो करिम बेन्जिमाले गुमाउने तेस्रो विश्वकप हुनेछ।
पहिलो रोजाईमा रियाल मड्रिडका फरवार्ड बेन्जिमाको स्थान ओलिभर जिरुडले लिने भएका छन्। उनी सर्वकालिन सर्वाधिक गोलकर्ताको सूचीमा थिएरी अन्रीभन्दा तीन गोलले मात्रै पछाडि छन्।
फ्रान्सका मिडफिल्डरद्वय एन’गोलो कान्टे र पौल पोग्बा पनि चोटका कारण कतारमा हुने छैनन्। सन् १९८२ यता प्रत्येक वर्ष बालन डी’अर विजेताले विश्वकप खेलेका छन्।
तर, यसपाली भने बेन्जिमा दुर्भाग्यशाली साबित भए। उनको स्थानमा अब म्यानचेस्टर युनाइटेडका फरवार्ड एन्थोनी मार्सियलले लिनेछन्। समूह ‘डी’मा फ्रान्सले अस्ट्रेलिया, डेनमार्क र ट्युनिसियासँग खेल्ने छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्