चुनाव प्रचारमा हिँडेका युवकको गाडीबाट खसेर मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७९ बैशाख २४

सल्यानमा नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ।

कालीमाटी गाउँपालिका–२ दानिगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

कांग्रेसबाट कालीमाटी गाउँपालिका–२ को वडाध्यक्षका उम्मेदवार सवार लु १ ज ४५९९ नम्बरको जिपको छतबाट खसेका थापाको टाउकोमा गम्भीर चोट लागेको थियो। 

उपचारका लागि तुल्सीपुरमा लगेपछि उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

अहिले गाडी र चालक दाङ जिल्ला बबई गाउँपालिका–२ निवासी खुमबहादुर छन्तेललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *