चितवनका सबै स्थानीय तहमा तालमेल गर्ने सत्तारूढ पाँच दलको निर्णय

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र २१

चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्तारूढ पाँच दलका जिल्लास्तरीय नेताहरूले निर्णय गरेका छन्।

आज नेपाली कांग्रेसका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले चितवनका सबै स्थानीय तह र जिल्ला समन्वय समितिमा पनि चुनावी तालमेल गरेर जाने निर्णय गरेका हुन्।

सातवटै पालिकामा गठबन्धनका दलहरूबीच बैठक बसेर चुनावी तालमेलबारे संयुक्त संयन्त्र निर्माण गर्नेबारे पनि छलफल भएको छ।

जिल्लामा दलहरूको बस्तुगत अवस्थाबारे प्रतिवेदन तयार गर्न पाँच सदस्यीय कार्यदल पनि गठन गर्ने निर्णय भएको छ।

निर्णयमा कांग्रेस सभापति राजेश्वर खनाल, माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका इन्चार्ज कृष्णप्रसाद खनाल, जसपा अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *