डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र २०

२० चैत, डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

स्थानीय बजार साँझघाटबाट गैरा गाउँ जाने क्रममा से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक (एसपी) शारदाप्रसाद चौधरीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा चार जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइदैछ । मृतकहरूको सनाखत हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *