काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितमा सहज जित हासिल गरेको छ । मंगलबार भएको खेलमा पुलिसले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको हो ।
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा आर्मीले दिएको ८८ रनको झिनो लक्ष्य पुलिसले १८ ओभर ३ बलमा ७ विकेट गुमाउँदै पूरा ग¥यो । पुलिसका लागि सुनील धमलाले ३९ रन बनाए । पवन सरार्फले २२ रनको योगदान गरे ।
बलिङतर्फ साहब आलमले एक्लैले ७ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले ४५ रन खर्चेर १ मेडन ओभर पनि फालेका थिए । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ३० ओभर १ बलमा सम्पूर्ण विकेट गुमाएर ८७ रन बनाएको थियो ।
आर्मीका लागि लोकेस बमले सर्वाधिक ३२ रनको योगदान गरे । आठौँ नम्बरमा ब्याटिङ गर्न आएका उनले इनिङलाई सम्हाल्ने काम गरे । उनीसँगै ब्याटिङमा आएका विक्रम सोबले १४ रन जोडे ।
आर्मीका हरि चौहाल तथा राजु रिजालले समान ४÷४ रन बनाएर आउट भए । आर्मीका लागि चौथो नम्बरमा बलिङ गर्न आएका रोहित पौड्यालले १३ रन बनाए ।
पुलिसका लागि सागर ढकालले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले दुई मेडन ओभर फालेर ४० रन खर्चे । त्यस्तै, पवन सरार्फले ३ विकेट लिँदा ललित राजवंशीले २ विकेट लिए ।
दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्