ब्राउन सुगर सहित २ महिला प्रकाउ

DaksuMedia दाक्सु मिडिया
|
२०७८ माघ ११

काठमाडौ : काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपन रुद्रमतीचोक स्थित गोप्य सुचनाको आधारमा यहि मिति २०७८/१०/१० गते दिउँसो अं. १७:३० बजेको समयमा यस कार्यालयबाट खटीएको प्रहरी टोलीले तपसिलमा उल्लेखित मानिसहरुलाई फेला पारी निजहरुको साथबाट प्लास्टिकको सानो – सानो पोका बनाई पोका भित्र लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेका छन । जसलाइ स्थानिय डिजिटल तराजुमा तौल गर्दा १०.९३ ग्राम रहेको प्रहरीले बताएका छन । थप अनुसन्धानको लागी अहिले ती व्यक्तिहरुलाई यस कार्यालयको नियन्त्रणमा राखिएको छ ।
तपसिल जि.धनकुटा स्थाई घर भई हाल का.जि.बुढानिलकण्ठ नगरपालिका वडा नं.११ गैरीगाँउ बस्ने बर्ष २९ की रेनुका तामाङ र सोही जिल्ला का धनुषाधाम न.पा. वडा नं.०९ स्थाई घर भई हाल का.जि.बुढानिलकण्ठ न.पा. एकताबस्ती बस्ने बर्ष २१ की लक्ष्मी लामा हुन । ती २ महिलालाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भैरहेको बुढानिलकण्ठ प्रहरिले जानकारी दिएका छ्न । उक्त घटना बारे थप छानबिन हुने पनि बताएका छ्न ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *