नक्कली नोटसहित एक जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २५

काठमाण्डौँ । सर्लाहीमा नक्कली नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कौडेना गाउँपालिका–५, छपकैयाका ३० वर्षीय फिरोज खान छन् ।

बुधबार ९मंसिर २४० बेलुका विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ‘अनटेस्ट’ लेखिएको मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *