|
२०८२ आश्विन ७
सिरहाको गोलबजार नगरपालिका–१३ का १६ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या गरिएको घटनामा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
अभिषेक आइतबार राति बेपत्ता भएका थिए र सोमबार बिहान परिवारको मोबाइलमा फिरौतीको म्यासेज आएको थियो।
मंगलबार बिहान घर नजिकै आँपको बगैंचामा उनको शव हातखुट्टा बाँधिएको अवस्थामा फेला परेको हो।
परिवार वा छिमेकी संलग्न हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान थालेको छ भने प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसमेत मगाइएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्