|
२०८२ मंसिर २९
काठमाण्डौँ । हत्या कसुरमा जन्मकैद सुनाइएका व्यक्ति ११ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका–१२ बस्ने गुलाब भनिने गुलाम खाँ छन् । उनलाई गुलेरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय बाँकेका सूचना अधिकारी दीपक पातलीले बताए ।
जग्गा कारोबारको क्रममा लेनदने विवाद भएपछि खाँले २० चैत २०७१ मा तिरथराम यादवको हत्या गरेका थिए । हत्याको कसुरमा अदालतले उनलाई जन्मकैदको सजाय सुनाइएको थियो ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्