अत्यधिक चिसोका कारण माथिल्लो मुस्ताङ प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २०

माथिल्लो मुस्ताङमा हिउँदयाम शुरु भएपछि जनजीवन प्रभावित हुन थालेको छ। लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङका अनुसार तापक्रम बिहान र बेलुकी माइनस १५ डिग्रीसम्म झरेको छ।

अत्यधिक चिसोका कारण सिँचाइ कुलो, घरघरका धाराको पानी, शौचालयको ट्याङ्की र नदीहरूमा हिउँ जम्दा दैनिक जीवन कठिन भएको छ। पानीको अभावका कारण दिउँसो घाम लाग्दा मात्र पानी तताएर प्रयोग गर्नुपर्ने अवस्था आएको छ।स्थानीयवासी बेसी झरी र होटल व्यवसायमा पनि असर परेको छ। लामान्थाङका पर्यटन व्यवसायी राम गुरुङले होटलको दुई तिहाई भाग बन्द भएको र स्थानीयवासी दुई महिनाका लागि बेसी झरेको बताए।

प्रहरी र सुरक्षा निकायले आफ्ना एकाइलाई यथास्थानमै राखेका छन् र चिसोका कारण एकाइ स्थानान्तरणको योजना नगरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *