|
२०८३ असार २५
पोखरा । पोखरामा सञ्चालित बञ्जीजम्प साहसिक पर्यटनको लोकप्रिय गन्तव्य बन्दै गएको छ। विशेषगरी भारतीय पर्यटकको आकर्षण बढ्दै जाँदा बञ्जीमा सहभागी हुनेको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको व्यवसायीले बताएका छन्।
गत जेठ महिनामा बञ्जीजम्प गर्ने ५०० जनामध्ये करिब आधा भारतीय पर्यटक रहेको जनाइएको छ। प्राकृतिक दृश्य, सहज पहुँच र रोमाञ्चक अनुभवका कारण पोखराको बञ्जी स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्दै गएको छ। पर्यटन व्यवसायीका अनुसार यसले स्थानीय रोजगारी, होटल तथा अन्य पर्यटन व्यवसायलाई समेत सकारात्मक टेवा पुर्याइरहेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्