काठमाण्डौँ । भक्तपुरे शैलीका पुराना घर । काठका झ्याल ढोका । लस्करै बनेका घरहरूको बीच सडकमा सर्लक्क छापिएका सेलेट ढुंगा । बन्दीपुर भन्नेबित्तिकै आँखामै आउने दृश्य हो, यो ।
आधुनिक विकास र सिमेन्टका पक्की घरहरूले घेरिन थाले पनि बन्दीपुरको पुरानो बजारको मौलिकतालाई जोगाउन खोजिएको छ । तनहुँको सदरमुकाम दमौलीमा सरेपछि सुनसान बनेको पुरानो शहर बन्दीपुर फेरि बौरिएको छ ।
प्रचीन व्यापारिक नाकाका रूपमा विकास भएको बन्दीपुरको पुरानो शहर ६० को दशकपछि विस्तारै तंग्रिन थालेको हो । अहिले नेपालीहरू एक पटक पुग्ने धोको राख्ने ठाउँ बनेको छ, बन्दीपुर । यहाँको पुरानो बजारका प्राचीन शैलीका घरहरू नियाल्दै हिँड्नुको मजा बेग्लै छ ।
अहिले त्यही बन्दीपुरमा नयाँ ट्रेन्ड थपिएको छ, पुरानो शहरका मौलिक घरहरूलाई पृष्ठभूमिमा राखेर परम्परागत पोशाकमा चिटिक्क सजिने र खिचिक्क फोटो खिच्ने । नेवारी, गुरुङ, मगर, क्षेत्री, राई, लिम्बूलगायतका परम्परागत पोशाकमा सजिएर फोटो खिच्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने बन्दीपुरमा नयाँ ट्रेन्ड नै चलेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्