वसन्त ऋतुसँगै हिमालको पर्यटन तातियो, अनुमति पाएका मध्ये सबैभन्दा धेरै सगरमाथामा आकर्षण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २४

काठमाण्डौँ । वसन्तसँगै नेपालको हिमाल पर्यटनले गति लिन थालेको छ ।

मार्च २०२६ सम्म १८ आरोहण दलका ११४ आरोहीले विभिन्न हिमाल चढ्न अनुमति लिएका छन्, जसमा ८७ पुरुष र २७ महिला रहेका छन् । यस अवधिमा पर्वतारोहण रोयल्टीबाट करिब ६ करोड १३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

पर्यटन विभागका अनुसार १० वटा हिमालका लागि अनुमति जारी गरिएकोमा सगरमाथा सबैभन्दा आकर्षक गन्तव्य बनेको छ । सगरमाथा आरोहणका लागि १८ जनाले अनुमति लिँदा करिब ४ करोड रुपैयाँभन्दा बढी रोयल्टी उठेको छ ।

सगरमाथापछि अन्नपूर्णा–१, आमादब्लम, सारिबुङ, चुलु फार इस्ट र धौलागिरि–१ मा पनि उल्लेख्य आकर्षण देखिएको छ । साथै, कुल आरोहीमध्ये करिब २४ प्रतिशत महिला सहभागिता रहेको तथ्यांकले देखाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *