निर्वाचनले पर्यटकको चहलपहल घट्यो, रारा क्षेत्र सुनसान बन्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १४

काठमाण्डौँ । नेपालको चर्चित पर्यटकीय स्थल मुगुको रारा क्षेत्र हिजोआज सुनसान बनेको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण रारासम्म मानिसहरु नआउँदा रारा सुनसान बनेको हो ।

समुन्द्रय सतह देखि २९ सय ७२ मिटरको उचाइमा रहेको १०८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको र १६७ मिटर गहिरो रारा सिजन सुरु हुने बेलामा निर्वाचन परेकाले पर्यटकहरुको चहलपहल कम भएको हो ।

निर्वाचनका कारण आन्तरिक तथा वाह्या पर्यटकहरु घुम्न नआउँदा रारा ,माझघट्ट, सल्यारी, ताल्चा, लामाचौरमा रहेका होटल र घोडचढी व्यवसायी मारमा परेका छन् ।

रारा तालको हिजोआजको दृश्य, कञ्चन, सुनसान हिउँ परेको हिमालले चाँदी जस्तै टल्किरहेको देख्न सकिन्छ । हरिया सल्ला, धुपीका बिरुवाले फरक अनुभूति गराउने गर्छ । मंंसिरदेखि फागुन अन्तीमसम्म चिसो हुने वा हिउँ पर्ने सिजन भएकाले लगानी उठाउन हम्मे पर्ने गरेको व्यवसायीहरुको भनाइछ ।

रारा घुम्न आउने पर्यटकहरुलाई घोडबाट सवारी गराउने, भारी बोक्ने, घोडामा चढेर फोटा खिचाएर पर्यटकहरुलाई मनोरन्जन दिदै आएका घोडा ब्यवसायहरु नआउँदा रारा क्षेत्रमा रहेका दुई सय घोडा कामविहीन भएका छन् ।

रारामा दैनिक आधा दर्जन भन्दा बढी डुङ्गा चलाएर घर परिवार पाल्दै आएको डुङ्गा चालकहरु पनि पर्यटकहरु नआउदा घर परिवार चलाउन निकै समस्या भएको बताउँछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *