कालिकोटको महावै गाउँपालिका अध्यक्ष नेतृत्वको टोलीले गर्‍यो थुलुङ दुधकोशी गाउँपालिकाको बिकासको प्रशंसा

DaksuMedia दाक्सु मिडिया
|
२०८० पुष ७

कालिकोट जिल्लाको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह (भिजन)ले थुलुङ दुधकोशी गाउँपालिकाले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो ।दुई दिने अध्ययन भ्रमणका लागि एक टोलीको नेतृत्व गर्दै यहाँ आउनुभएका अध्यक्ष सिंहले थुलुङ दुधकोशी गाउँपालिकाको विकास मोडेल सिक्न लायक रहेको बताउनुभएको हो ।
दुई कार्यकाल निर्वाचित हुने जनप्रतिनिधि कमै मात्रमा पाइने भन्दै उहाँले थुलुङ दुधकोशीको अध्यक्ष र उपाध्यक्ष दुबै जना दोहोरिएर काम गरिरहेकाले पनि जनअपेक्षा अनुसार काम भएको बुझिने बताउनुभयो । कार्यव्यस्तताका कारण थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई बाहिर भएकाले भेट हुन नसकेको भएपनि टेलीफोन सम्बाद भएकाले काठमाडौमा भेट्ने भन्दै उहाँले पुनः भ्रमणमा आउने बताउनुभयो ।
नेपालको अन्य स्थानीय तहले समेत थुलुङ दुधकोशी गाउँपालिकाको भ्रमण गरि नमुना कार्यलाई अनुशरण गर्न आवश्यक रहेको उपाध्यक्ष दान सिंह सैजवालले बताउनुभयो । नेतृत्व सक्षम र सबल हुनका साथै समाजका अगुवाको साथ भएको खण्डमामात्रै समानुपातिक विकास संभव हुने कुरा थुलुङदुधकोशीबाट सिक्न सकिने उहाँको भनाइ छ ।
गाउँपालिकामा भएगरेका सामाजिक तथा भौतिक विकास निर्माण लगायतको अध्ययन गर्न उक्त टोली थुलुङ दुधकोशी आएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । प्रवक्ता कार्कीका अनुसार महावै गाउँपालिका कालिकोटका अध्यक्ष खेम बहादुर सिंह ( भिजन)को नेतृत्वको भ्रमण टोलीमा उपाध्यक्ष दान सिंह सैजवाल, प्रमुख प्रशासकीय अधिकृत प्रकाश शाही, कृषि अधिकृत, लेखा अधिकृत, शिक्षा विद लगायत, इको हिमाल नेपालका कार्यकारी अधिकृत नारायण ढकालसहित अन्य कर्मचारी रहेका छन ।
उनीहरुले विषेश गरि गाउँपालिकाको प्रशासकीय भवन, प्राविधिक शिक्षालय, प्रदेश स्तरीय खेलमैदान, सामुदायिक अस्पताल, देउसा कृषिवन श्रत केन्द्र सहित अन्य सामाजिक विकासका मोडेलहरुको अध्ययन गरेका हुन । टोलीलाई थुलुङ दुधकोशी गाउँपालिले स्वागत गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *