|
२०८३ जेष्ठ १४
काठमाडौँ । काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत नेपालले बिहीबार सेमिफाइनलमा साबिक विजेता इरानसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा खेल अपराह्न ५ बजे सुरु हुनेछ।
समूह चरणमा भारतसँग पराजित भए पनि नेपालले किर्गिजस्तान र माल्दिभ्सलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। अब नेपाल फाइनल पुग्ने लक्ष्यसहित कोर्टमा उत्रिनेछ।
इरान भने प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको टोली हो। उसले समूह चरणका सबै खेल सोझो सेटमा जित्दै सेमिफाइनल यात्रा तय गरेको छ। इरानले हालसम्म एक सेट पनि गुमाएको छैन।
नेपाल र इरानबीच अघिल्लो वर्ष काभा नेसन्स लिगमा प्रतिस्पर्धा भएको थियो। त्यसबेला नेपालले सेमिफाइनलमा इरानलाई ३–२ ले हराएर फाइनल पुगेको थियो। यसपटक पनि घरेलु समर्थकमाझ नेपाल त्यही नतिजा दोहोर्याउने लक्ष्यमा हुनेछ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्