काभा महिला १९ वर्ष मुनिको भलिबल च्याम्पियनसिपमा नेपाल दोस्रो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २४

काठमाण्डौँ । श्रीलंकामा भएको काभा महिला १९ वर्ष मुनिको भलिबल च्याम्पियनसिपमा नेपाल दोस्रो भएको छ । आइतबार भएको फाइनल खेलमा कीर्गिस्तानसँग ३–२ को सेटमा पराजित हुँदै नेपाल दोस्रो स्थानमा सीमित भएको हो ।

कीर्गिस्तान २२–२५, २५–२०, २५–२१, १३–२५ र १५–११ ले विजयी भएको थियो । यसअघि समूह चरणमा पनि नेपाल कीर्गिस्तानसँग ३–२ ले नै पराजित भएको थियो । नेपालले श्रीलंकालाई समूह चरणमा तथा माल्दिभ्सलाई समूह चरण र सेमिफाइनल हराएको थियो । च्याम्पियनसिपमा चार टोलीको सहभागिता थियो ।

नेपालले गएको वर्ष काभा महिला २० वर्ष मुनिको प्रतियोगितामा कास्य पदक जितेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *