एसियन गेम्स छनोटमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि मलेसिया ६७ रनमा अलआउट

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ६

ंकाठमाण्डौँ । एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपको तयारीका लागि भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६७ रनमै अलआउट गरेको छ ।

टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गरेको मलेसियालाई नेपाली बलरहरुले उत्कृष्ट बलिङ गर्दै ६७ रनमै अलआउट गरेका हुन् ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालकी पूजा महतोले ३, मनिषा उपाध्याय र रिया शर्माले दुईरदुई र कविता कुँवर र सीता मगरले एकरएक विकेट लिए । मलेसियाकी हन्टरले १० रन बनाउन बाहेक अन्य कसैले दोहोरो रन बनाउन सकेनन् ।

एसियन गेम्स छनोट मलेसियामै मे २३ देखि ३१ सम्म हुँदैछ । यस्तै प्रिमियर कप जुन १ देखि १३ सम्म हुनेछ । एसियन गेम्स छनोट खेलअघि नेपालले तयारीका लागि मलेसियासँग खेल्न लागेको हो । २२ गते मलेसियासँगै अर्को खेल हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *