जोरा स्पोर्ट्स म्यानेजमेन्टद्धारा क्यानविरुद्ध दायर सबै मुद्दा तत्काल फिर्ता लिने घोषणा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ५

काठमाण्डौँ । जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ (नेपाल क्रिकेट संघ) विरुद्ध विभिन्न अदालतमा दायर गरेका सबै मुद्दा फिर्ता लिएको घोषणा गरेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक आमिर अख्तरले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै क्यानविरुद्ध दायर गरिएका सम्पूर्ण मुद्दा तत्काल फिर्ता लिन तयार रहेको बताएका हुन् ।

जोरा स्पोर्ट्सले नेपाल प्रिमियर लिगको आधिकारिकता, स्वामित्व र बौद्धिक सम्पत्तिसम्बन्धी विषयमा सम्मानित सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

अख्तरले खेलकुद क्षेत्रमा देखिएका विसंगतिविरुद्ध आफूले खेलाडी जीवनदेखि नै आवाज उठाउँदै आएको उल्लेख गर्दै अदालत जानु व्यक्तिगत द्वेषका कारण नभई खेल क्षेत्रको सुधार र विकासका लागि भएको बताएका छन् ।

उनले राष्ट्रिय खेलकुद परिषद् (राष्ट्रिय खेलकुद परिषद्) ले खेल विकासका लागि सबै पक्षलाई एकजुट हुन आह्वान गर्दै मुद्दा फिर्ता लिन गरेको अनुरोधलाई स्वागतयोग्य भन्दै सम्मानस्वरूप मुद्दा फिर्ता लिएको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Freya374

    May 19, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *