आईपीएल क्रिकेटमा चेन्नईलाई पराजित गर्दै हैदरावाद प्लेअफमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ५

काठमाण्डौँ । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ ।

सोमबार भएको खेलमा हैदरावाद ५ विकेटले विजयी भयो । जितसँगै हैदरावादसँगै गुजरात टाइटन्स पनि प्लेअफमा पुगेको छ । चेन्नईमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको चेन्नईले ७ विकेट गुमाएर १८० रन बनाएको थियो ।

हैदरावादका इशान किशनले ७० रन बनाए । आईपीएल क्रिकेटको अङ्क तालिकामा हैदरावाद १३ खेलमा १६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने चेन्नई १३ खेलमा १२ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ ।

यस्तै, आईपीएल क्रिकेटमा आज बेलुका पौने ८ बजे राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टसले खेल्दैछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *