भारतले तेस्रोपल्ट जित्यो आइसीसी टी-२० विश्वकप

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २५

काठमाण्डौँ । जसप्रित बुमराहको कसिलो बलिङसँगै भारतले तेस्रोपल्ट टी–२० विश्वकपको उपाधि जित्दै इतिहास रचेको छ । आइतबार सम्पन्न फाइनलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै विश्वकप जितेको हो ।

भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा सबै विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो । योसँगै भारत सबैभन्दा बढीपल्ट विश्वकप जित्ने पहिलो टोली बनेको छ । अहिलेसम्म यसअघि भारतसँगै इङ्ल्यान्ड र वेस्ट इन्डिजले समान दुईपल्ट विश्वकप जितेका थिए ।

यसअघि भारतले २००७ र २०२४ मा विश्वकप जितेको थियो । इङ्ल्यान्डले २०१० र २०२२ तथा वेस्ट इन्डिजले २०१२ र २०१६ मा विश्वकप जितेका थिए । भारतलाई जित दिलाउन पेसर बलर जसप्रित बुमराह निर्णायक बने । उनले ३.५ ओभरमा मात्र १५ रन दिएर ४ विकेट लिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *