|
२०८२ फाल्गुन १०
एजेन्सी – ला लिगामा शीर्षस्थानको रियल म्याड्रिड शनिबार ओसासुनासँग २-१ ले हार्यो।
भिनिसियस जुनियरले ७३औं मिनेटमा गोल गरे पनि रियललाई विजयी बनाउन सकिएन।
ओसासुनाका एन्ते बुडिमिरले ३८औं मिनेटमा पेनाल्टी गोल गर्दै टोलीलाई अगाडि बढाए।
९०औं मिनेटमा राउल गार्सियाको गोलले ओसासुनालाई जीत दिलायो।
यो २०११ पछि रियलविरुद्ध ओसासुनाको पहिलो लिग जीत हो। पाम्प्लोना क्लब अब तालिकाको ९औं स्थानमा छ।
रियल अझै बार्सिलोनाभन्दा २ अंकले अगाडि छ तर एक खेल बढी खेलेको अवस्था।
प्रशिक्षक हान्सी फ्लिकको टोलीले आइतबार लेभान्ते जिते शीर्षस्थानमा पुग्न सक्छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्