|
२०८२ माघ १९
काठमाण्डौँ । पोखरा अन्तर्रारष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार लिग चरणका दुई खेल हुँदै छन् ।
पहिलो खेल बंगलादेश र भारत बीच मध्यान्ह १२ बजे सञ्चालन हुनेछ भने दोस्रो खेल घरेलु टोली नेपालले अपराह्न ३ बजे भुटानसँग खेल्नेछ ।
नेपाल र भुटान दुवैले यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए । त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भूटान दुवै टोली दबाबमा हुनेछन् ।
फाइनल सम्भावना जीवित राख्नका लागि दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण रहनेछ । बंगलादेश र भारतले भने एक÷एक खेल जितेर समान तीन अकं जोडेका छन् ।
प्रतियोगितामा यसपटक चार टोलीले मात्र सहभागिता जनाएका छन् । प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्