बार्सिलोना कोपा डेल रे क्वाटरफाइनलमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २

काठमाडौं । फेरान टोरेस र लामिन यामलको गोलमा बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा पुगेको छ।

गएराति रेसिङ सान्टानडारको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २–० को जित निकाल्यो। पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफमा बार्सिलोनाले खेल आफ्नो पक्षमा पार्‍यो।

६८औँ मिनेटमा टोरेसले गोल गर्दै अग्रता दिलाए भने इन्जुरी समयमा यामलले दोस्रो गोल थपे।

रियल मड्रिड प्रतियोगिताबाट बाहिरिसकेकाले बार्सिलोना अब उपाधिको बलियो दाबेदार बनेको छ।

यस्तै, भ्यालेन्सियाले बुर्गोसलाई २–० ले हराउँदै अन्तिम आठमा स्थान बनाएको छ। क्वाटरफाइनल ड्र जनवरी १९ मा हुनेछ भने खेलहरू फेब्रुअरी ३ देखि ५ तारिखसम्म हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *