एनपीएल २०२५ को फाइनलमा सुदूरपश्चिम र लुम्बिनी भिड्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २७

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को फाइनलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन्।

खेल २७ मंसिरमा त्रिवि क्रिकेट रंगशालामा दिउँसो ३:३० बजे सुरु हुनेछ। सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुगेको हो भने लुम्बिनी पहिलोपटक फाइनल खेल्न लागेको हो।

यो खेल नेपाली टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसिंह ऐरीबीचको उपाधि प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ। दुवै टोली पहिलो एनपीएल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *