|
२०८२ मंसिर २०
काठमाडौं, २०८२ मंसिर २०, शनिबार
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पोखरा एभेन्जर्सले आजको खेलमा चितवन राइनोजलाई ८ विकेटले हराएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले १२१ रनको लक्ष्य सजिलै पूरा गर्यो।
पोखराका एडम रोसिङटनले ४८ बलमा पाँच छक्का र चार चौकाको मद्दतले ६५ रन बनाए। पहिलोपटक अवसर पाएका अर्जुन कुमालले अविजित ४३ रन थपे। पोखराले १९.४ ओभरमा लक्ष्य पुरा गर्यो र मात्र दुई विकेट गुमायो।
चितवनको पारी २० ओभरमा ६ विकेटमा १२० रनमा सीमित रह्यो। चितवनका देव खनालले सर्वाधिक ३५ रन बनाए भने अल्पेश रामजानीले ३३ रन जोडे। पोखराका धनन्जय लक्षनले ३ विकेट लिए।
लिग चरणको अन्तिम खेल आइतबार दिउँसो ३:३० बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुनेछ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्