काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ अन्तर्गत लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ५ विकेटले हराउँदै प्लेअफको यात्रा अझै सम्भावित बनाएको छ।लुम्बिनीको जितमा ब्याटिङतर्फ डार्सी सर्ट नायक बने। उनले ४४ बलमा ५७ रन बनाए, जसमा ४ चौका र २ छक्का समावेश छन्। निरोशन डिक्वालाले २९, सन्दीप जोराले २४ र दिलीप नाथले १६ रन थपेर लुम्बिनीलाई १७ ओभर ४ बलमै लक्ष्यसम्म पुर्याए।
बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने र सुबास भण्डारीले दुई–दुई विकेट लिए भने बसिर अहमदले एक विकेट हात पारे। यसअघि टस जितेका लुम्बिनीका कप्तान रोहित पौडेलले विराटनगरलाई पहिले ब्याटिङ गर्न आग्रह गरेका थिए।
विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो। यसमा लोकेश बमले ३५ रन (४२ बल), बसिर अहमदले २८ रन (१९ बल) र साम हेजलेटले २७ रन (२० बल) जोडे। लुम्बिनीका बलर शेर मल्लले ३ विकेट लिए भने जेजे स्मिथ, अभिशेष गौतम, र रुबेन ट्रम्पलम्यानले एक–एक विकेट हात पारे।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्