एन्फा प्रेसिडेन्ट लिगमा लालीगुराँसको दोस्रो जित, विजय र जन जागृती बराबरीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २६

काठमाडौँ । कास्कीको लालीगुराँस एसोसिएसनले एन्फा प्रेसिडेन्ट लिगमा दोस्रो जित निकालेको छ। हेटौंडाको गौरीटार रंगशालामा भएको खेलमा लालीगुराँसले काठमाडौंको चित्लाङ एफसीलाई ३–० ले हरायो।

लालीगुराँसका लागि लछु थापाले ३८ औं, आशिष गुरुङले ५६ औं र सुलेमन थापा मगरले ८० औं मिनेटमा गोल गरे। लछु थापा ‘प्लेयर अफ दि म्याच’ घोषित भए।

लालीगुराँसले ३ खेलमा २ जित र १ बराबरीसहित ७ अंक जोडेको छ भने चित्लाङले ४ अंकसहित पहिलो हार बेहोरेको छ।

आजको दोस्रो खेलमा कैलालीको विजय स्पोर्ट्स र बर्दियाको जन जागृती १–१ को बराबरीमा रोकिए। विजयका अरोन थापाले ४१ औं मिनेटमा गोल गरे भने जन जागृतीका हरिहर बुढा मगरले ९४ औं मिनेटमा बराबरी गोल गरे। हरिहर ‘प्लेयर अफ दि म्याच’ बने।

लिग कम नकआउट आधारमा भइरहेको प्रतियोगितामा १० टिम सहभागी छन्। प्रतियोगिता मंसिर २ गतेसम्म सञ्चालन हुनेछ। विजेता टिमले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *