एनपीएलको उदघाटन खेलमा जनकपुर र काठमाण्डौले खेल्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २५

काठमाण्डौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । आउँदो मंसिर १ गतेदेखि शुरु हुने दोस्रो संस्करणको तालिका अनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रङ्गशालामा फ्लडलाइटमा पनि खेलिने भएको छ ।

तालिका अनुसार उद्घाटन खेलमा गएको वर्षको विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज खेल्ने छन् । यो खेल दिउँसो ४ बजेदेखि शुरु हुनेछ । उद्घाटन खेल नै फ्ल्डलाइटमा हुने क्यानले जनाएको छ । तालिकाअनुसार एनपीएलको प्लेअफका तीन तथा फाइनल अनि लिग चरणका १९ खेलहरू फ्लडलाइटमा खेलिने छन् ।

त्रिवि क्रिकेट रङ्गशालामा १० हजार क्षमताको प्यारापिट निर्माण सम्पन्न भइसकेको छ भने फ्लडलाइट जडानको काम पनि अन्तिम चरणमा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *