हङकङ सिक्सेसमा नेपालको यात्रा समाप्त, भारतलाई पछि पार्दै १५औं स्थानमा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २३

काठमाडौं ।  हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालको यात्रा समाप्त भएको छ। आइतबार बाउल लिगमा यूएईसँग ४३ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

यूएईले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४ विकेट गुमाएर ८६ रन मात्रै बनाउन सक्यो। नेपालको तर्फबाट कप्तान सन्दीप जोराले ३१ तथा मोहम्मद आदिल आलमले ३२ रनको योगदान दिए।

यसअघि पहिले ब्याटिङ गरेको यूएईले १२९ रन बनाएको थियो। यूएईका निलान्स केश्वानीले ५० रनको अर्धशतकीय पारी खेले भने जाहिद अलीले ३० रन जोडे।

बलिङतर्फ नेपालका रसिद खानले २ विकेट लिँदा रूपेश सिंह र लोकेश बमले एक/एक विकेट लिए।

समूह चरणका दुवै खेलमा पराजित नेपाल बाउल लिगमा पुगेको थियो, जहाँ उसले भारतलाई हराउन सफल भयो। त्यसै आधारमा नेपाल १६ टोली सहभागी प्रतियोगितामा १५औं स्थानमा रह्यो भने भारत अन्तिम अर्थात् १६औं स्थानमा रह्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *