एन्फा मुख्यालयमा प्रदर्शन गर्न उत्रिएका खेलाडीहरूले गेटमै मेडल झुन्ड्याए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २०

काठमाण्डौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गर्न उत्रिएका खेलाडीहरूले गेटमै मेडल झुन्ड्याएका छन् ।

ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरूले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगरे प्रदर्शन गरेका हुन् ।

खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएको संघले जनाएको छ ।

खेलाडी संघका अध्यक्ष विक्रम लामाले मेडल त्यहीँ छाडेर जाने बताएका छन् । पटकपटक लिग स्थगित नगर्न भने पनि बेवास्ता गरिएपछि प्रदर्शनमै उत्रिनु परेको खेलाडीको भनाइ छ ।

एन्फाले यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग फुटबल सुरु गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *