जेनजी आन्दोलनले रोकिएको एभरेस्ट महिला भलिबल लिग कात्तिक २६ गतेदेखि शुरू हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १९

काठमाण्डौँ । ‘जेन–जी’ आन्दोलनका कारण बीचैमा रोकिएको दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगका बाँकी खेलहरू आउँदो कात्तिक २६ देखि सुरु हुने भएको छ ।

बाँकी खेलहरू काठमाण्डौमै सम्पन्न गर्ने र संशोधित खेल तालिका चाँडै सार्वजनिक गर्ने आयोजक इन्फिनिटी ड्रिम्सले मंगलबार विज्ञप्ति निकालेर जानकारी गराएको छ । खेल २९ गतेसम्म हुने छ ।

लिग रोकिनुअघि प्रतियोगितामा १६ मध्ये ९ खेल सम्पन्न भइसकेका छन् । यी खेलहरू पोखरामा भएका थिए । अब ७ खेल बाँकी छ । ६ वटा टोली सहभागी प्रतियोगितामा ललितपुर क्वीन्स शीर्ष, कर्णाली यशविस दोस्रो र मधेश युनाइटेड तेस्रो स्थानमा छन् ।

प्रतियोगितामा ललितपुर, कर्णाली, मधेशसहित, काठमाण्डौ स्पाइकर्स, पोखरा निन्जाज र लुम्बिनी लाभा सहभागी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *