|
२०८२ कार्तिक १४
काठमाण्डौँ । दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डुप्लेसीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।
टोलीले शुक्रबार सामाजिक सञ्जालमार्फत डुप्लेसी अनुबन्ध भएको जनाएको हो । यसअघि दिइएका हिन्टमा फाफ खेल्नेबारे चर्चा भएपनि तेस्रो हिन्टमा भने एबी डिभिलियर्सको फोटो पनि राखेर केही अलमल पारिएको थियो ।
चौथो हिन्टमा भने फाफले आईपीएलमा लखनउविरुद्ध खेल्दा प्रहार गरेको विशाल छक्कालाई देखाइएको छ, जहाँबाट फाफ नै उक्त खेलाडी भएको कुरा बुझिन्छ ।
अन्ततः फाफ डुप्लेसी नै अनुबन्ध भएको विराटनगरले आधिकारिक रूपमा जानकारी दिएको हो ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्