भारतीय ब्याटर श्रेयस अय्यर गम्भिर घाइते, आइसियूमा राखेर उपचार गरिदै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १०

काठमाण्डौँ । भारतीय क्रिकेट टोलीका ब्याटर श्रेयस अय्यर हाल अस्ट्रेलियाको सिड्नीस्थित अस्पतालमा उपचाररत छन् ।

गम्भीर चोटका कारण अस्पताल भर्ना भएका उनको अवस्था स्थिर भए पनि उनी कहिले डिस्चार्ज गर्ने भन्नेबारे अनिश्चित छ ।

अहिले उनलाई आइसियूमा राखिएको छ ।

श्रेयसलाई अस्ट्रेलियाका एलेक्स क्यारीको क्याच लिने क्रममा चोट लागेको थियो । उनी पोइन्टबाट पछाडि दौडिँदै गएर क्याच लिएका थिए ।

चोट लाग्नेबित्तिकै उनले आफ्नो करङमा समातेर मेडिकल सहायता मागेका थिए। त्यसपछि उनलाई मैदानबाट बाहिर लगिएको थियो । त्यस दिन उनी अस्ट्रेलियाको इनिङ्सभर मैदानमा फर्किएका थिएनन् ।

अब उनी कहिले खेलमा फर्कन सक्छन् भन्ने स्पष्ट छैन ।

भारतले तेस्रो एकदिवसीय खेल नौ विकेटले जिते पनि पहिलो दुई खेल पर्थ र एडिलेडमा खेल्दा पराजय भोगेको थियो । जसका कारण तीन खेलको शृङ्खला भारतले २-१ ले गुमाएको थियो।

भारतले अब दक्षिण अफ्रिकासँग एकदिवसीय शृङ्खला खेल्नेछ । जुन नोभेम्बर ३० मा भारतको राँचीमा सुरु हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *