ढाका पुगेको नेपाली टोली, पहिलो खेल आज तुर्कमेनिस्तानसँग

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ५

काठमाडौं । काभा पुरुष कप भलिबल प्रतियोगितामा सहभागी हुन नेपाली पुरुष भलिबल टोली बंगलादेशको राजधानी ढाका पुगेको छ। ढाका पुगेपछि नेपाली टोलीले प्रशिक्षण सत्र थालेको छ।

प्रतियोगितामा नेपालको पहिलो खेल आज (कात्तिक ५ गते) तुर्कमेनिस्तानसँग हुँदैछ। /

यस खेलमार्फत नेपालले आफ्नो अभियान सुरु गर्नेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको गौरव बढाउने लक्ष्यसहित नेपाली टोली ढाकामा पुगेको हो।

नेपाली टोलीका प्रशिक्षक र खेलाडीहरू सकारात्मक तयारीमा रहेको र तुर्कमेनिस्तानविरुद्धको खेलमा जित निकाल्ने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *