|
२०८२ कार्तिक २
काठमाडौं – प्रिमियर लिगको पछिल्लो खेलमा आर्सनलले फुलहमलाई १-० ले पराजित गर्दै लिगको शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको छ।
फुलहमको मैदानमा खेलिएको उक्त प्रतिस्पर्धामा आर्सनलका लागि लिएन्ड्रो ट्रोसार्डले ५८औं मिनेटमा निर्णायक गोल गरे। उक्त गोल नै खेलको एक मात्र गोल बन्यो र यसले आर्सनललाई महत्त्वपूर्ण तीन अंक दिलायो।
यो जितसँगै आर्सनलले ८ खेलबाट १९ अंक जोडेको छ। म्यानचेष्टर सिटी १६ अंकसहित दोस्रो स्थानमा छ भने लिभरपुल १५ अंकसहित तेस्रो स्थानमा रहेको छ। लिभरपुलले अझै ७ खेल मात्र खेलेको छ र म्यानचेष्टर युनाइटेडविरुद्धको आजको खेल जिते दोस्रो स्थानमा पुग्ने मौका पाएको छ।
म्यानचेष्टर सिटीले एभरटनमाथि जित निकालेर केही समयका लागि शीर्ष स्थानमा पुगेको थियो, तर आर्सनलको पछिल्लो जितले फेरि शीर्ष स्थान उसकै नाममा राखिदिएको हो।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्