काठमाण्डौँ । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत एसिया एन्ड इएपी छनोटको अन्तिम खेलमा नेपालले सामोआविरूद्ध खेल्दैछ ।
ओमान क्रिकेट एकेडेमीमा सामोआले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
खेलका लागि अघिल्ला खेलहरूमा मौका नपाएका खेलाडीलाई स्थान दिइएको छ । यसअघि एक खेल पनि खेलेका आरिफ शेखसँग आज करण केसी खेल्दैछन् । यस्तै ललित राजवंशी टोलीमा फर्किदा लोकेश बमले दोस्रो खेलमा मौका पाएका छन् ।
सोमपाल कामी, कुशल मल्ल, सन्दीप जोरा र आदिल अन्सारी आजको टोली छैनन् ।
नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, लोकेश बम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी छन् ।
अन्तिम खेलअघि शीर्ष स्थानको नेपालको ८ अंक न छ। दोस्रो स्थानको घरेलु टोली ओमानको नप ८ अंक नै छ। रनरेटमा नेपाल अघि छ। नेपालको रनरेट ०.७४५ छ भने ओमानको रनरेट ०.४५६ छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्