काठमाण्डौँ । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत एसिया एन्ड इएपी छनोटमा ओमानले जापानलाई पराजित गरेको छ । शुक्रबार घरेलु टोली ओमानले जापानमाथि ९ विकेटको जित निकालेको छ ।
जितसँगै ओमान अंक तालिकाको दोस्रो स्थानमा उक्लियो। अन्तिम खेलसँगै ओमानले ८ अंक जोडेको छ। शीर्ष स्थानको नेपालको पनि ८ अंक नै छ। रनरेटमा नेपाल अघि छ। नेपालको रनरेट ०.७४५ छ भने ओमानको रनरेट ०.४५६ छ।
आज ओमान विजयी भएसँगै ६ अंक जोडेको युएई भने तेस्रो स्थानमा झरेको छ। नेपाल, ओमान र युएई शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा पुगिसकेका छन् ।
अब छनोटमा नेपाल र सामोआबीच अन्तिम खेल बाँकी छ। खेल सवा चार बजे सुरु हुनेछ । यो खेलबाट च्याम्पियन टोलीको टुंगो लागेको छ । जित निकालेको अवस्थामा नेपाल च्याम्पियन हुनेछ ।
नेपाल झिनो अन्तरले पराजित भएको अवस्थामा पनि च्याम्पियन हुने अवस्था छ । किनभने रनरेटमा नेपाल अघि छ। अहिलेको रनरेटमा धेरै फरक नपरेमा पराजित भए पनि नेपाल च्याम्पियन बन्न सक्नेछ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्